नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

 असोज २०, २०८१ आइतबार १७:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसपटक तीन दिनअघि अर्थात् जुन १० तारिखमा भित्रिएको मनसुन चार दिन ढिलो गरी बाहिरिन थालेको हो ।

मौसमविद् प्रतिभा मानन्धरले ८/१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वाभाविक रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया