पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै, गर्भवती र सुत्केरी झन् धेरै खतरामा

 असोज २०, २०८१ आइतबार १८:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । विभिन्न मनोसामाजिक कारणले गर्दा पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै रहेको अध्ययनहरूले देखाएका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपीडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा उहाँले गर्भवति र सुत्केरी महिलालाई मानसिक तनाव, उदासिनताजस्ता मानसिक समस्याहरूको जोखिम अझ धेरै हुने बताउनुभयो । उहाँका अनुसार विकसित देशहरूमा झन्डै १० प्रतिशत सुत्केरी महिलामा मानसिक समस्या देखिने गरेको छ ।

नेपालजस्ता न्यून आय भएका देशहरूमा २० प्रतिशत महिलालाई गर्भवती, सुत्केरी अवस्थामा मानसिक समस्या हुने अध्ययनले देखाएको निर्देशक डा. अधिकारीले बताउनुभयो । उहाँले सुत्केरी भएको एक वर्षभित्र ज्यान जाने महिलामध्ये २० प्रतिशतको आत्महत्याबाट ज्यान जाने गरेको बताउनुभयो । २०७८ सालको जनगणनासँगै गरिएको अध्ययनले कुल मातृ मृत्युमध्ये ६ प्रतिशत मृत्यु जानीजानी गरिएको आत्महत्यबाट हुने गरेको तथ्याङ्कले देखाएको उल्लेख गर्नुभयाे ।

डा. अधिकारीले मानसिक समस्याहरूको समयमै पहिचान गरे भएका साधन स्राेतबाट उपचार सम्भव रहेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया