चितवनमा एउटा मोटरसाइकलले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

 असोज २१, २०८१ सोमबार १५:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान एउटा मोटरसाइकलले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर अर्को मोटरसाइकल र स्कुटरमा ठोक्किएको थियो । दुर्घटनामा ६ जना घाइते भएकामा स्कुटर चालक स्याङ्जाका आँधिखोला गाउँपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया