धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ ।
दक्षिणकालीका नागरिकलाई आफूले घरमा नै पुगेर बिन्ति बिसाएपछि ललितपुरको नख्खु क्षेत्रमा सहज रूपमा खानेपानी ल्याएको भन्दै मन्त्री यादवले मेलम्चीमा पनि स्थानीयवासीकाे घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताउनुभएको हो । उहाँले मेलम्चीका स्थानीयवासीले चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताउनुभयो ।
मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको मन्त्री यादवले दाबी गर्नुभएको छ । देशमा असहज परिस्थिति रहेको भन्दै उहाँले अहिलेलाई परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गर्नुभयो । उहाँले अहिले आन्दोलन गर्ने बेला नभई एकअर्कालाई सहयोग गर्ने समय रहेको बताउनुभयो ।
खानेपानीमन्त्री यादवले बाढी पहिरोले खानेपानीमा मात्रै साढे ३ अर्ब रुपैयाँको क्षति पुर्याएको बताउनुभयो । काठमाण्डौमा करोडौंका मेशिन डुबेको र बगाएको अवस्थामा रहेको भन्दै उहाँले सरकारले तत्कालका लागि काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडमार्फत चल्ने मेशिन मर्मत गर्ने, नयाँ मेशिन खरिद गरी काम गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।