चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
हमासले इजरायलमा आक्रमण गरेको आज एक वर्ष पूरा भएको छ । गएको वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा ठूलो आक्रमण गरेको थियो । त्यो आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो हमासले दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएकामध्ये एक सय जनाभन्दा धेरै रिहा भएका छन् । यस्तै कतिपयको ज्यान गइसकेको छ भने ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । प्यालेस्टाइनको विद्रोही समूह हमासको यो आक्रमणले इजरायल मात्र नभई विश्वलाई नै आश्चर्यमा पारेको थियो ।
यो आक्रमणको बदलमा इजरायलले गाजामा चलाएको अभियानका क्रममा अहिलेसम्म झन्डै ४२ हजार जनाको ज्यान गइसकेको हमासद्वारा सञ्चालित त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासलाई समाप्त नपारेसम्म आक्रमण गरिराख्ने इजरायलले जनाएको छ ।
यस्तै इजरायल र लेबनानको विद्रोही समूह हिजबुल्लाहबीच पनि युद्ध गरिरहेको छ । इजरायली आक्रमणका कारण लेबनानमा दुई हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । इजरायल र इरान समर्थित समूह हिजबुल्लाहले एकअर्काविरुद्ध आक्रमण बढाएपछि मध्यपूर्वमा विपत्ति निम्तिने खतरा बढेको छ ।
गाजा र लेबनानमा चलिरहेको द्वन्द्वसँगै इरानसँग युद्धको खतरा पनि बढेको छ । लेबनानको बेरुतमा हिज्बुल्लाहका नेता हसन नस्रल्लाह र इरानी जनरल अब्बास निलफरहानको मृत्युको बदलामा इरानले अघिल्लो हप्ता इजरायलमाथि दुई सय वटाभन्दा बढी मिसाइल प्रहार गरेको थियो ।
इजरायलका रक्षामन्त्री योआभ ग्यालेन्टले इरानलाई गाजा वा बेरुतजस्तो अवस्थामा पुर्याउने सक्ने चेतावनी दिनुभएको छ भने इरानले इजरायलको कुनै पनि सम्भावित प्रतिशोधको प्रतिकार गर्ने योजना तयार पारेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।