चिकित्साशास्त्रतर्फकाे नाेबेल पुरस्कार अमेरिकाका दुई जना वैज्ञानिकलाई

 असोज २१, २०८१ सोमबार १८:३९:४२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा धेरै जिन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ । जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै 'जिन रेगुलेशन' विधिका कारण सम्भव भएको ठानिन्छ । अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् ।

विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया