गण्डकीदेखि पूर्वसम्मका केही ठाउँमा हल्का वर्षाको सम्भावना

 असोज २२, २०८१ मंगलबार ५:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकीदेखि पूर्वसम्मका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अस्ति आइतवारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही हप्ता देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो हप्ता भित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो ।

यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेकोले मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया