जनकपुरधाममा झिझिया महोत्सव हुने

 असोज २२, २०८१ मंगलबार ९:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ । बडादशैँको अवसर पारेर भोलि झिझिया महोत्सवको हुन लागेको नव मिथिला फाउण्डेसनले जनाएको हो ।

मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पाँच सय जनाले टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने तयारी छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चासमेत गरिनेछ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया