इजरायलले एकै दिन लेबनानका एक सय २० ठाउँमा हवाई आक्रमण गर्‍याे

 असोज २२, २०८१ मंगलबार १२:०:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले एकै दिन लेबनानका एक सय २० ठाउँमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाह समूह लक्षित एक सयभन्दा बढी लडाकु विमानबाट इजरायलले ती क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँमा कैयौं भवन ध्वस्त भएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

ती भवन हिजबुल्लाह समूहका हतियार केन्द्र या अन्य रणनीतिक केन्द्र रहेको इजरायली सेनाको दाबी छ । हिजबुल्लाह समूहले पनि इजरायलमा एक सय ३० वटा मिसाइल प्रहार गरेको छ । इजरायली सेनाका अनुसार हिजबुल्लाहले प्रहार गरेका सबै मिसाइल आकाशमै नष्ट गरिएको छ । यसैबीच इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा ७७ जनाको ज्यान गएको छ ।

विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको दिन हिजो इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ७७ जनाको ज्यान गएको र सय जनाभन्दा धेरै घाइते भएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया