फूलपातीका दिन काठमाण्डौ–भैरहवा उड्ने न्यारोबडीको सबै टिकट बिक्री, अर्को उडानको तयारी

 असोज २२, २०८१ मंगलबार १३:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बिहीवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा गर्ने उडानका सबै टिकट बिक्री भएका छन् ।

हिजो बेलुका यात्रुको चाप बुझ्नका लागि एक घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको र आज बिहान सबै १ सय ५८ वटै टिकट बिक्री भएको वायु सेवा निगमका सहायक प्रवक्ता मनोजकुमार साहले उज्यालोलाई जानकारी दिनुभएको छ । काठमाण्डौ–भैरहवा उडानमा यात्रुको चाप थेगिनसक्नुको रहेको पनि उहाँले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी काठमाण्डौ–भैरहवा अर्को पनि उडान गर्ने तयारी थालिएको निगमले जनाएकाे छ । तर अझै टुङ्गो भने लागेको छैन । अर्को उडान हुने/नहुने विषय बेलुकासम्म टुङ्गो लाग्ने निगमले जनाएको छ ।

सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र धेरै महँगो भएको गुनासोलाई केही हदसम्म सम्बोधन गर्न नेपाल एअरलाइन्सले विदेशमा उडान गर्दै आएको एक सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।

फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । फर्किँदाको टिकट भने धेरै बिक्री नभएको पनि साहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया