ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता

 असोज २२, २०८१ मंगलबार १५:१८:५३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

ब्राजिलमा पहिरोमा पुरिएर दुई सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रियो दि जेनेरियो राज्यको सैन्य निकायले अमेजन नदीको किनारमा रहेको टेरा प्रेटा बन्दरगाह नजिकैको ठूलो क्षेत्र भासिएर पहिरो गएको जनाएको छ । बन्दरगाह व्यापार र यातायातको प्रमुख विन्दुका रूपमा थियो ।

पहिरो जाँदा दुई सय जनाभन्दा धेरै मानिसले सामान लोड र अनलोड गरिरहेका थिए । अमेजन नदीको पानीमा डुङ्गा, पाइप, घर र गाडीलगायतका भग्नावशेष पनि भेटिएका छन् ।

अमेजन क्षेत्रमा ठूलो खडेरीपछि भएको वर्षाले गर्दा ठूला पहिरोको जोखिम रहेको छ । पहिरोमा फसेकाहरू केही कामदारलाई बचाउन प्रयास भइरहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया