च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तानमा आउने पीसीबीका अध्यक्ष नकवीको विश्वास

 असोज २२, २०८१ मंगलबार १५:१९:१७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एपी

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तानमा आउनेमा आफू विश्वस्त रहेका बताउनुभएको छ ।

दुई देशबीच चलिरहेको राजनीतिक मतभेदका कारण भारतीय क्रिकेट टिम सन् २००८ पछि पाकिस्तान गएको छैन । तर पीसीबीका अध्यक्ष नकवीले भारत पाकिस्तानमा आउने र च्याम्पियन्स ट्रफी निर्धारित समयअनुसार हुने आशा व्यक्त गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेवसाइट क्रिकइन्फोले जनाएको छ । उनले आईसीसी प्रतियोगितालाई ध्यानमा राखेर रङ्गशाला निकै आकर्षक बनाइएको पनि बताएका छन् ।

यद्यपि यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा जाने वा नजाने भन्ने कुरासरकारले निर्णय लिने बताएका थिए ।

च्याम्पियन्स ट्रफी आउँदो वर्षको फेब्रुअरी १९ तारिखदेखि पाकिस्तानमा आयोजना गर्न प्रस्ताव भएको छ । च्याम्पियन्स ट्रफी पाकिस्तानको तीन वटा शहर– लाहोर, कराची र रावलपिन्डीमा खेलाइनेछ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया