‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

 असोज २२, २०८१ मंगलबार १५:२४:८ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेपालको इतिहास एवम् धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक यो कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा. स्वामी प्रपन्नाचार्यको तस्वीरमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो ।

शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा. स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसक्नुभएको छ । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गर्नुभएका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिनुभएको छ ।

झन्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिनुभयो । वेदका अध्येता गुरु डा. स्वामी प्रपन्नाचार्यको आर्शीवचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उहाँले जानकारी दिनुभयो ।

ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनलाई सोडारीले तीन सय ५६ पृष्ठको यस कृतिमा समावेश गर्नुभएको छ ।  अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया