ललितपुरकाे खाेकनामा सिकाली जात्रा मनाइयाे

 असोज २२, २०८१ मंगलबार १५:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ । दशैँको घटस्थापनादेखि शुरू हुने सिकाली जात्रा फूलपातीका दिनसम्म मनाइन्छ । खोकनावासीले दशैँको सट्टा सिकाली जात्रा मनाउने गर्छन् ।

स्थानीयवासी सिकाली चौरमा रहेको मन्दिर वरिपरि भेला भएर यो जात्रा मनाउँछन् । यो जात्राको अवसरमा उनीहरूले कुल देवताको पूजा गर्छन् । उनीहरूले श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य पनि गर्छन् । खोकनावासीले टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

स्कन्दपुराणको माघ माहात्म्यमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञलाई महाकाली र वीरभद्र लगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा सिकाली जात्रा गरिन्छ ।

तस्वीर : जात्रै जात्रा

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया