बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा तत्काल चुनाव गर्न अस्वीकार

 असोज २३, २०८१ बुधबार ९:१६:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्नुभएको छ ।

डा. युनुसले आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको तर चुनावका लागि त्यसअघि महत्त्वपूर्ण विषयमा सुधार आवश्यक रहेको बताउनुभएकाे छ । चुनाव गर्न आफू तयार रहे पनि सुधारअघि चुनाव गर्नु गलत रहेको अन्तरिम सरकार प्रमुख डा. युनुसको भनाइ छ ।

युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्णरूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको बताउनुभएको बङ्गलादेशका सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहोर्‍याई आवाश्यक सुधार गर्ने रहेको उहाँको भनाइ छ ।

गएको अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणाम स्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता डा. युनुस बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त हुनुभएको थियो ।

हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित मानव अधिकार हनन भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया