न्युजिल्यान्डका पूर्वकप्तान विलियमसनले भारतसँगको पहिलो टेस्ट गुमाउने

 असोज २३, २०८१ बुधबार १२:१५:२६ | एजेन्सी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

न्युजिल्यान्डका पूर्वकप्तान केन विलियमसनले बेङ्गलोरमा हुने भारतसँगको पहिलो टेस्ट गुमाउने भएका छन् ।

श्रीलङ्का भ्रमणका क्रममा विलियमसनलाई चोट लागेको थियो । त्यो चोट अहिलेसम्म ठीक नभएको र उनले भारतसँगको पहिलो टेस्ट गुमाउने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । न्युजिल्यान्डको टोलीमा विलियमसनको ठाउँमा मार्क च्यापम्यानलाई समावेश गराइएको छ ।

भारत र न्युजिल्यान्डबीचको तीन खेलको टेस्ट शृङ्खला अक्टोबर १६ देखि बेङ्गलोरमा शुरू हुँदैछ । न्युजिल्यान्डको कप्तानी टम लाथमले गर्नेछन् । श्रीलङ्कासँगको टेस्ट शृङ्खला हारेपछि टिम साउथीले कप्तानबाट राजीनामा दिएका थिए ।

भारत र श्रीलङ्काबीचको दोस्रो टेस्ट अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया