एक हप्तामा काठमाण्डाै उपत्यकाबाट ५ लाख जना बाहिरिए

 असोज २३, २०८१ बुधबार १५:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैकाे नयाँ बसपार्कमा बडादशैँका लागि घर जान गाडी चढ्न आएका यात्रुको घुइँचो । तस्वीर : हरिराम भेटुवाल/रासस

काठमाण्डाै – पछिल्लो सात दिनमा काठमाण्डौ उपत्यकाबाट पाँच लाख जनाभन्दा धेरै मानिस बाहिरिएका छन् । घटस्थापना अर्थात् असोज १७ गतेदेखि आज बिहानसम्ममा पाँच लाख ६ हजार पाँच सय २५ जना बाहिरिएका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यही अवधिमा दुई लाख ९० हजार चार सय ३८ जना उपत्यका भित्रिएका छन् ।

यस्तै सात दिनमा ७६ हजार चार सय ३९ वटा गाडी बाहिरिएका र ५८ हजार ११ वटा गाडी भित्रिएका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । अस्ति सोमवारदेखि भने काठमाण्डौ उपत्यका छाड्नेहरूको सङ्ख्या बढिरहेको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमवार एक लाख लाख १८ हजार र हिजो मङ्गलवार ८१ हजार जना काठमाण्डौ उपत्यकाबाट बाहिरिएका थिए । आज पनि काठमाण्डौ छाड्नेहरूको भीड छ ।

अघिल्ला वर्षहरूको दशैँमा १५ देखि १८ लाख जना मानिसले उपत्यका छाड्ने गरेकोमा यस वर्ष बढीमा आठदेखि नौ लाख जना बाहिरिने अनुमान रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस वर्ष घटनास्थापना शुरू हुनुभन्दा केही दिनअघि मात्रै मुसलधारे वर्षा भएर धेरैजसो सडक अवरुद्ध हुँदा यात्रा गर्नेहरूको सङ्ख्या घटेको हो । अघिल्लो शनिवारको बाढी र पहिरोले काठमाण्डौ उपत्यका जोड्ने सबै सडक अवरुद्ध भएकामा बीपी राजमार्गबाहेकका सबै सडक सञ्चालनमा आइसकेका नेपाल प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया