अमेरिकाको फ्लोरिडामा सय वर्षयताकै शक्तिशाली आँधीको चेतावनी, मानिसहरू घर छाड्दै

 असोज २३, २०८१ बुधबार १५:६:१८ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

अमेरिकाको फ्लोरिडा राज्यमा विनाशकारी आँधी 'मिल्टन' आउन लागेको भन्दै चेतावनी जारी भएपछि दशौं लाख मानिस घर छाडेर अन्यत्र गएका छन् ।

आज राति आँधी जमिनमा बज्रनुअघि सुरक्षित ठाउँमा पुगिसक्न मानिसहरू निस्किएका कारण सडकमा लामो जाम देखिएको छ । आँधी सय वर्षयताकै खराब हुने अमेरिकाको मौसम विभागले भविष्यवाणी गरेको छ । मौसम अधिकारीहरूले यसलाई क्याटगोरी पाँचको आँधीका रूपमा वर्गीकरण गरेका छन् । आँधीको गति दुई सय ७० किलोमिटर प्रतिघण्टा हुने अनुमान छ । मिल्टन आँधी फ्लोरिडा आइपुग्नुअघि ६७ मध्ये ५१ वटा काउन्टीमा आपत्कालीन चेतावनीहरू दिइएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले फ्लोरिडाका मानिसहरूलाई जीवन मरणको सवाल भन्दै आँधी फ्लोरिडामा बज्रनु पहिले नै त्यो क्षेत्र खाली गर्न भन्नुभएको छ । उहाँले मिल्टनको पूर्वतयारीलाई ध्यान दिँदै जर्मनी र एङ्गोलाको भ्रमण रद्द गर्नुभएको छ । चेतावनी जारी भएको क्षेत्र धेरैजसो खाली भइसकेका बीबीसीले जनाएको छ ।

फ्लोरिडामा दुई हप्ताअघि मात्रै पनि 'हेलेन' नामको अर्को आँधीले विध्वंस मच्चाएको थियो । हेलेन आँधीले अमेरिकामा ६ राज्यमा गरेर कम्तीमा दुई सय २५ जनाको ज्यान गएको थियो । सयौ मानिस अझै हराइहेका छन् ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया