पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो उमेरमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्नुभएको छ । १८ वर्ष पाँच महिनाको हुँदा आठ हजार मिटरभन्दा अग्ला १४ वटा सबै हिमाल आरोहण गरेको यो कीर्तिमान पर्वतारोहणको क्षेत्रमा दुर्लभ हो ।
आज बिहान आठ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमालको चुचुरोमा पुगेसँगै उहाँले १४ वटै हिमालको आरोहण पूरा गर्नुभएको पर्यटन विभागअन्तर्गत साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।
शेर्पाले पहिलो पटक सन् २०२२ मा मनास्लु हिमाल आरोहण गर्नुभएको थियो । सङ्खुवासभाको मकालु क्षेत्रमा पर्ने शेर्पागाउँमा जन्मिएका निमा रिन्जी शेर्पाको बाल्यकाल काठमाण्डौमा बितेको हो । उहाँ फोर्टीन पीक्स एक्पिडिशनका प्रमुख कार्यकारी टासी लाक्पा शेर्पाको छोरा हुनुहुन्छ ।
तस्वीर : शेर्पाकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।