गौशाला धर्मशाला खाली गर्न गएको महानगर प्रहरीलाई नेपाल प्रहरीले फर्कायाे

 असोज २३, २०८१ बुधबार १८:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको काठमाण्डौ महानगरको प्रहरीलाई नेपाल प्रहरीले फर्काएको छ ।

धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको काठमाण्डाै महानगरपालिकाले आज बिहान नगर प्रहरी पठाएर भवन खाली गर्न माइकिङ गरेको थियो । यस्तै दिउँसो वडा नम्बर ८ का अध्यक्ष आशमान सङ्गत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली पुगेर धर्मशालामा महानगरको बोर्ड राखेको थियो ।

महानगरको बोर्ड राख्ने क्रममा मारवाडी सेवा समितिका सदस्यहरूले भवन खाली लगाउन लिखित पत्र दिनुपर्ने, नेपाल प्रहरी आउनुपर्ने भन्दै अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी पुगेर महानगरको टोलीलाई फर्काएको हाे

यसैबीच काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको छ । फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले अदालतले दाबी पुग्दैन भनिसकेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेर समितिलाई संरक्षण गरेको भन्दै विरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया