अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार ह्यारिसद्वारा आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक

 असोज २७, २०८१ आइतबार १२:१९:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य ठीक रहेको र राष्ट्रपति पदका लागि उपयुक्त रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि निवर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्न अनुरोध गर्नुभएको छ ।

उपराष्ट्रपतिसमेत रहेकी ह्यारिसले आफ्ना रिपब्लिकन प्रतिस्पर्धी अर्थात् ट्रम्प राष्ट्रपति हुनका लागि स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी नागरिकलाई थाहा दिन नचाहेको आरोप लगाउनुभएको छ । अहिले ७८ वर्षका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर विपक्षी डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन् ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडेनबारे रिपब्लिकनहरूले पनि त्यस्तै प्रकृतिको आलोचना गर्दै आएका थिए । अमेरिकामा अर्को महिना राष्ट्रपति पदको लागि चुनाव हुँदैछ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया