काठमाण्डौको असनमा खड्गजात्रा गरी दशैँ मनाइयो

 असोज २८, २०८१ सोमबार ८:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हरेक वर्ष असोज शुक्ल एकादशीका दिन गरिने खड्गजात्रा हिजो काठमाण्डौको असनमा निकालिएको छ । असनका तुलाधर समुदायले कुलपूजा साथै खड्ग जात्राको कार्यक्रम गरी दशैँ मनाएका हुन् ।

काठमाण्डौ महानगरपालिका–२७ असनमा तुलाधर समुदायले आफ्नो कुल देवताको घरमा भेला भएर एकापसमा दशैँ मनाउने गर्छन् । कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रूपमा त्यसलाई काटेर आसुरी शक्तिको नास गरेर दशैँको टीका लगाउने परम्परा रहेको स्थानीय उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताउनुभयो ।

सधैंजसो व्यापारिक कार्यमा व्यस्त रहने असन क्षेत्रका स्थानीयवासीन्दाले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया