इङ्गल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो

 असोज ३०, २०८१ बुधबार १५:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनाएको छ । घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान दोस्रो दिनको खाना समयपछि ३ सय ६६ रनमा अलआउट भयो ।

पाकिस्तानका कामरन गुलामले शतक बनाए । बाबर आजमको स्थानमा टोलीमा परेका कामरनले डेब्यु खेलमै शतक बनाएका हुन् । यस्तै सईम अयुबले अर्धशतक बनाए । इङ्गल्यान्डका ज्याक लिचले ४ र ब्रायडन कार्सले ३ विकेट लिए ।

तीन खेलको टेस्ट शृङ्खलामा पाकिस्तान १–० ले पछि छ । पहिले टेस्ट इङ्गल्यान्डले एक पारी र ४७ रनले जितेको थियो । पाकिस्तान र इङ्गल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट आउँदो अक्टोबर २४ देखि रावलपिन्डीमा शुरू हुनेछ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया