बाढी पहिरोबाट विस्थापित काभ्रेको चनौटेका परिवार त्रिपालमुनि

 असोज ३०, २०८१ बुधबार १८:५:५९ | रासस
unn.prixa.net

तस्वीर : रासस

काभ्रे – काभ्रेको डाँडापारि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिन बाध्य हुनुभयो ।

त्यस्तै भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिइरहेका छन् । चनौटे बस्ती बगेको आज १८ दिन भइसकेको छ । बाढीले बगाएर त्यहाँको बस्ती नै विस्थापित भएको छ ।

गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्ने कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको पीडितको भनाइ छ ।

पहिला घर भएको ठाउँमा अहिले बाग्मती खोला बगिरहेको छ । गाउँले जीवन, सम्पत्तिका नाममा रहेको घर, वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । विस्थापित ती परिवार लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले कुलेखानी ड्यामबाट बगेको पानीले बाग्मती खोलामा आएको बाढीबाट खानीखोलाको दुई वटा बस्ती पूर्णरूपमा बगाएको बताउनुभयो । त्यससँगै बाढी पहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । बाढी पहिरो प्रभावित अरू क्षेत्रका कतिपय पीडितको पनि बिचल्ली भएको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया