समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिने 'अल्टिमेटम', ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी

 कात्तिक १, २०८१ बिहीबार १५:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १८ वटा सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न सात दिने अल्टिमेटम दिएको छ ।

समितिले आज सूचना निकालेर सात दिनभित्र ऋण तिर्न भनेको हो । ऋण तिर्न अन्तिम पटक ऋणी र जमानतकर्तालाई सात दिनको समय दिइएको र सात दिनभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने समितिले निकालेको सूचनामा उल्लेख छ ।

समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएसमार्फत ३५ दिने सूचनासमेत प्रेषित गरेको समितिले जनाएको छ ।

धेरैजसो ऋणी सदस्यले सम्पर्क पनि नगरेको र आफूले तिर्न/बुझाउनुपर्ने दायित्वसमेत तिरे/बुझाएको नदेखिएकाले अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।

सूचना

यस्तै समितिले अर्को सूचना निकालेर समस्याग्रस्त घोषणा भएकामध्ये १० वटा सहकारी संस्थाका बचतकर्तालाई छुट मागदाबी पेश गर्न १५ दिनको मौका दिएको छ । समितिले निकालेको सूचनामा अन्तिम पटक छुट दाबीका लागि १५ दिनको समय दिएको उल्लेख छ । पहिले मागदाबी पेश गर्नेको बचत रकम फिर्ता भएपछि बाँकी हुन आएको रकमबाट मात्रै छुट दाबी पेश गर्नेको बचत दामासाहीमा फिर्ता हुने समितिले जनाएको छ ।

सूचना

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया