वर्षा कम र चिसो बढी भएसँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्यो

 कात्तिक १, २०८१ बिहीबार १५:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ । केही दिनदेखि वर्षा रोकिएको र चिसोसमेत बढेकोले आज बिहानदेखि वायु प्रदूषण निकै बढेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले बताउनुभयो ।

आज बिहानैदेखि काठमाण्डाैको वायुमण्डल धुम्म भएको छ । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापकअनुसार आज दिउँसो काठमाण्डौको हावाको गुणस्तर एक्यूआई एक सय ५९ रहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार एक्यूआई एक सय ५० भन्दामाथि पुग्दा वायुलाई अस्वस्थ मान्छ ।

यस्तै वातावरण विभागले राखेका मापन केन्द्रका अनुसार शङ्खमूलको एक्यूआई दिउँसो एक सय ५४ छ । यस्तै रत्नपार्क, खुमलटार, भक्तपुरलगायत उपत्यकामा रहेका सबैजसो मापन केन्द्रले दिउँसो एक्यूआई एक सय ४० आसपास तथा त्योभन्दा माथि देखाएका छन् ।

एक्यूआई एक सयभन्दा माथि पुगेमा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगीलगायत संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया