२१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुँदै

 कात्तिक ३, २०८१ शनिबार १५:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्गीत, सांस्कृतिक सम्पदा र सिर्जनशिलको आदानप्रदान गर्ने उद्देश्यले २१ देशका कलाकर्मी काठमाण्डौमा भेला हुने भएका छन् । ‘ग्लोमस क्याम्प’ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन ३० भन्दा धेरै विश्वविद्यालयका सङ्गीत, नृत्य, नाट्यकर्मी र कलाकार काठमाण्डौमा भेला हुने भएका हुन् । भोलिदेखि १० दिनसम्म कार्यशाला चल्ने आयोजक संस्था नेपाल सङ्गीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ । कार्यशालामा सहभागिले प्रशिक्षणमा भाग लिने र कलाको प्रदर्शन गर्नेछन् । कार्यशालाको उद्देश्य सृजनशील बुद्धिमत्ता, सङ्गीत र सांस्कृतिक सम्पदा र विश्वभर सृजनशीलताको आदान प्रदान गर्नु रहेको प्राचार्य उप्रेतीले बताउनुभयो ।

सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको हो ।

‘ग्लोमसले विद्यार्थी तथा प्राध्यापकलाई अवसर मात्र हैन, सिर्जनशिल नागरिकताको वहस र अवसर पनि प्रदान गर्दछ,’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व भरका कलाकर्मी समान हुन र उनीहरू विश्व सिर्जनशिल नागरिकताका हकदार हुन भनेर वकालत गर्छ ।’

ग्लोमसले विद्यार्थी केन्द्रित सिकाइलाई प्रवर्धन गर्नुका साथै विभिन्न देशको विद्यार्थी प्रतिनिधिको साझेदारीमा मद्दत पुर्‍याउने जनाइएको छ । कार्यशालामा नेपालबाट दुई सयभन्दा धेरै सहभागि हुने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया