नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि

 कात्तिक ३, २०८१ शनिबार १७:५६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ ।

अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो ।

नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । त्यसपछि भने अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया