सय दिनमा २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न : ४० वटा झोलुङ्गे पुल बने

 कात्तिक ४, २०८१ आइतबार १५:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहरी विकास मन्त्रालयले सय दिनमा २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनभित्र पालिकामा २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभएको छ ।

आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव गेलालले सय दिनको अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको बताउनुभयो । मनसुनजन्य विपदका कारण बाँकी १० वटा थप्नलाई केही कठिनाइ भएको उहाँको भनाइ छ ।

विपदको समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको छ । जसमा कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा ४० जना अट्ने तथा महोत्तरीको जलेश्वर नगरपालिका र सप्तरीको तिलाठी कोइलाडीमा सय जना अट्ने आपत्कालीन केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार दुई वटा बनिसकेका र दुई वटाको केही काम मात्रै बाँकी रहेको सचिव गेलाले जानकारी दिनुभयो ।

सय दिनको बीचमा सोलुखुम्बु, पाँचथर, डँडेलधुरा, तेह्रथुम, धनकुटामा गरी सात वटा स्वास्थ्यका भवन पनि सम्पन्न भएका मन्त्रालयले जनाएको छ । त्यस्तै धरहरा शुल्क लिएर सञ्चालन गर्ने निर्णय पनि अब छिट्टै हुने सचिव गेलालले बताउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया