धार्के–सितापाइला सडक आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द

 कात्तिक ४, २०८१ आइतबार १५:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – धादिङको धार्के–सितापाइला सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम शुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।

धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष विशाल भट्टराईले आज सूचना निकालेर अर्को सूचना नआउन्जेलसम्मका लागि सडक बन्द भएको जानकारी दिनुभएको छ । सडक बन्द भएको समयमा अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया