जुनियरकाे ह्याट्रिकमा रियल मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो

 कात्तिक ७, २०८१ बुधबार ६:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रियड मड्रिड

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई हराएको छ । आज बिहान सकिएको खेलमा मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो ।

मडिड्रका लागि भिनिसियस जुनियरले ह्याट्रिक तथा एन्टोनियो रुडिगर र लुकास भाजक्युजले समान एक गोल गरे । याे जीतसँगै रियल मड्रिड ३ खेलमा ६ अङ्कसहित तालिकाकाे नवाैं स्थानमा छ । डर्टमन्ड ३ खेलमा ६ अङ्कसहित पाँचाैं स्थानमा छ ।

यस्तै च्याम्पियन्स लिगको अरू खेलमा एएस मोनाको, एसी मिलान, आर्सनल, भीएफबी स्टुटगार्ट, स्पोर्टिङ सीपी, गिरोना एफसी र एस्टन भिला विजयी भएका छन् । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र पीएसभी आइन्सहोभेनबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया