मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

 कात्तिक ९, २०८१ शुक्रबार ९:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना निकालेर चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक ठाउँमा होहल्ला तथा झैझगडा गर्ने, सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गर्नुभएको छ ।

यस्तै कानुनविपरित कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया