सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव

 कात्तिक ९, २०८१ शुक्रबार १८:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टर उडानमा प्रतिबन्धका लागि प्रस्ताव गरेको हो ।

निकुञ्जको कोर क्षेत्रभित्र दैनिक ५० औं पटक हेलिकप्टर उडान तथा अवतरण हुँदा अनावश्यक ध्वनि प्रदूषण भई वन्यजन्तुको आनीबानी तथा व्यवहारमा समेत नकारात्मक असर तथा प्रभाव पर्ने देखिएकोले उडान रोक्न प्रस्ताव गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनुभयो ।

राष्ट्रिय निकुञ्जले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लालाई पत्र लेख्दै निकुञ्ज क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टरको उडान/अवतरणमा निषेध गर्न अनुरोध गरिसकेको छ ।

यद्यपि प्रस्तावको निर्णयसहित कार्यान्वनमा भने चुनौती छ । नियम कार्यान्वयन नभए कानूनी प्रक्रियामा अघि बढ्ने निकुञ्जले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यस विषयमा आवश्यक छलफल गरेर मात्रै निर्णय गर्न सकिने जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया