हिजोको तुलनामा काठमाण्डौको कालिमाटीमा तरकारीको भाउ केही सस्तो

 कात्तिक १०, २०८१ शनिबार ९:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा हरियो तरकारीको भाउ हिजोको तुलनामा आज केही सस्तो भएको छ । आज स्थानीय काउली, गोलभेडा सानो लोकल, लौका, घिरौला, हरियो खुर्सानीलगायतका तरकारीको भाउ घटेको छ ।

आज हरियो खुर्सानीको भाउ किलोमा ५५ रुपैयाँले घटेर किलोको एक सय ७० रुपैयाँमा झरेको छ । त्यस्तै स्थानीय काउलीको भाउ पनि किलोमा २० रुपैयाँले घटेर किलोको एक सय १० रुपैयाँमा झरेको छ ।

आज गोलभेडा सानो लोकल, लौका, घिरौलाको भाउ किलोमा समान १०/१० रुपैयाँले घटेको छ । गोलभेडा सानो लोकल किलोको एक सय १०, लौका किलोको ४५ र घिरौला किलोको ६५ रुपैयाँमा झरेको कालिमाटी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

तर आज मटरकोशाको भाउ किलोमा ६५ रुपैयाँले बढेर एक सय ९० रुपैयाँ पुगेको छ । त्यस्तै जिरीको साग पनि आज किलोमा १४ रुपैयाँले बढेर किलोको एक सय ९० रुपैया पुगेको छ । भण्टा लाम्चो पनि आज किलोमा १० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ ।

आज ठूलो गोलभेडा भारतीय, रातो आलु, बन्दा, तने बोडी, रायोको साग, तोरीको सागलगायत धेरैजसो तरकारीको भाउमा भने घटबढ भएको छैन । 
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया