डेङ्गी संक्रमण पुष्टि हुनेको सङ्ख्या २७ हजार नाघ्यो

 कात्तिक १०, २०८१ शनिबार १५:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो । डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा एक हजार ५७  र भक्तपुरमा छ सय २८ जना गरी काठमाण्डौ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यो विवरण जनवरी १ अर्थात् गएको पुष १६ गतेदेखिको हो ।

नेपालमा भदौ/असोज महिनामा धेरै संक्रमित देखिने गरेको भए पनि धेरैजसो महिना केही सङ्ख्यामा बिरामी देखिने गरेका छन् । देशका सहरी क्षेत्र हुँदै मध्य पहाड र पहाडी क्षेत्रका धेरै ठाउँमा डेङ्गी देखिने गरेको छ । प्रयोगशाला भएका धेरैजसो मेडिकलहरुलेसमेत डेङ्गी परिक्षण गर्ने गरेकाले सबै संक्रमितको विवरण मन्त्रालयमा नपुगेको हुन सक्ने मेडिकल व्यवसायीहरु बताउँछन् । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया