भारतलाई ११३ रनले हराउँदै न्यूजिल्यान्डले टेस्ट क्रिकेट शृङ्खला जित्याे

 कात्तिक १०, २०८१ शनिबार १७:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – न्यूजिल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो टेस्टमा भारत एक सय १३ रनले पराजित भएको छ । योसँगै न्यूजिल्याण्डले तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाएर एक खेल अघि नै शृङ्खला जितेको छ ।

न्युजिल्याण्डले पहिलो टेस्ट आठ विकेटले जितेको थियो । पुनेमा न्यूजिल्यान्डले दिएको तीन सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ६० ओभर दुई बलमा दुई सय ४५ रन मात्रै बनाउन सक्यो ।

भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए । न्यूजिल्यान्डका लागि मिचेल सेन्थरले ६ विकेट लिए । अब तेस्रो तथा अन्तिम टेस्ट आउँदो शुक्रवारदेखि मुम्बइमा शुरु हुने छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया