नवलपुरको दुम्कौलीमा जङ्गली च्याउको तरकारी खाएका एकैघरका ५ जना बिरामी

 कात्तिक ११, २०८१ आइतबार १२:४४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् ।

गएराति धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता लक्षण देखिएको छ । च्याउ खाँदा बाबुलाल राजवंशी, रनमाया राजवंशी, धनमाया राजवंशी, मदन राजवंशी र रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया