तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्दै

 कात्तिक ११, २०८१ आइतबार १३:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइमसलाको प्याकेट दिने चलन छ ।

अहिले बजारमा भाइमसलाको व्यापार सामान्य बढे पनि तिहार शुरु हुने दिन आउँदो बुधवारदेखि भने किनमेल गर्नेको घुइँचो नै लाग्ने व्यापारीले बताएका छन् । यसपटक भाइ मसलाको मूल्य बढेको छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यले थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य बढेको बताउनुभयो ।

मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै काजु र सुकमेलको मूल्य बढेको उहाँको भनाइ छ । नेपालमा उत्पादन नहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ ।

नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका देशबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया