कोप–२९ मा नेपालले जलवायु क्षतिपूर्तिको विषयलाई प्राथामिकताका साथ उठाउने

 कात्तिक १२, २०८१ सोमबार ११:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – जलवायुसँग सरोकार राख्ने मन्त्रालयहरूले विश्व जलवायु सम्मेलन (कोप–२९) मा क्षतिपूर्तिको मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा हिजो भएको छलफलमा मन्त्रालयका सचिव र प्रतिनिधिहरूले कोप–२९ मा क्षतिपूर्तिको कुरालाई सशक्त रूपमा उठाउने तयारी भएको जानकारी गराएका हुन् । अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालले ऋणभन्दा अनुदान रकम ल्याउनुपर्नेमा जोड दिनेगरी तयारी भएको बताउनुभयो ।

यस्तै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले जलवायु परिवर्तनका कारण नेपालका किसानले बेहोर्नुपरेको क्षतिको क्षतिपूर्ति माग गर्नु आफ्नो मन्त्रालयको एजेन्डा भएको बताउनुभयो । उहाँले हिमाली र पहाडी क्षेत्रको कृषि र किसानलाई प्राथमिकता दिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनीले नेपालले कोष परिचालनको क्षमता बढाउनुपर्ने भन्दै यसबारेमा भएका प्रगतिहरु देखाउने बताउनुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले जलवायु न्याय, लिङ्ग, समावेशीकरण र हिमाली देशहरूको तर्फबाट नेपालले आफ्नो कुरा राख्ने तयारी गरिरहेको बताउनुभयो ।

कोप–२९ यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अरजरबैजानको बाकुमा हुँदैछ । यो सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेका छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया