नेपाल कला परिषद्ले विशिष्ट पाहुनालाई कोशेली दिन 'रिल्म अफ द डेइटिज' पुस्तक प्रकाशन

 कात्तिक १२, २०८१ सोमबार १२:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाल कला परिषद्ले उच्चस्तरका विशिष्ट पाहुनालाई कोशेली दिन भन्दै ‘रिल्म अफ द डेइटिज’ पुस्तक प्रकाशन गरेको छ । परिषद् र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा पुस्तकको संरचना र प्रकाशन गरेको परिषद्का अध्यक्ष सागर शम्शेर जबराले जानकारी दिनुभयो ।

पुस्तकमा नेपालको कला–कौशल र संस्कृतिको व्याख्यासहित चित्र र प्रस्तुति रहेको अध्यक्ष राणाले बताउनुभयो । पुस्तक एक सय ५१ प्रतिष्ठित कलाकारका एक सय ९८ आकर्षक र रङ्गिन चित्रले सुसज्जित छ । पुस्तकमा धर्म, कला र संस्कृतिसम्बन्धी अङ्ग्रेजी भाषाका केही लेखसमेत समावेश छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया