पाकिस्तानमा पोलियो खोपका लागि यो वर्ष तेस्रो अभियान शुरू

 कात्तिक १४, २०८१ बुधबार ६:४२:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानमा लाखौँ बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान शुरू भएको छ । देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्यका साथ अस्ति सोमवारदेखि शुरू भएको अभियान नोभेम्बर तीनसम्म चल्ने पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानले जनाएको छ ।

यो वर्ष पाकिस्तानको पोलियोसम्बन्धी तेस्रो राष्ट्रव्यापी अभियान हो । सन् २०२४ को १० महिनामा अहिलेसम्म ४१ जना पोलियो सङ्क्रमणका बिरामी फेला परेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई खोपमार्फत आफ्ना बालबालिकालाई सुरक्षित राख्नुपर्ने भन्दै पोलियोकर्मीहरूलाई पूर्ण रूपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिण एशियाका पाकिस्तान र अफगानिस्तानमा मात्र  पोलियो महामारीको रूपमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया