सुडानमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढ्यो

 कात्तिक १४, २०८१ बुधबार ९:०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानको गृहयुद्धमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढेको देखाएको छ ।

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिकाहरु दुर्व्यवहारको सिकार भइरहेका र महिला तथा किशोरी यौन दासत्वका लागि अपहरण भइरहेको उल्लेख छ ।

अनुसन्धानका अध्यक्ष मोहम्मद चण्डे ओथम्यानले सुडानमा अहिले कुनै सुरक्षित ठाउँ नभएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उहाँको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध हुँदै आएको छ । सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले सुडानले भोकमरी, हिंसा, रोगलगायतको चपेटा बेहोरिरहेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया