स्पेनमा अति ठूलो वर्षाका कारण धेरै क्षेत्र डुबानमा

 कात्तिक १४, २०८१ बुधबार १२:३४:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अति ठूलो वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन् । भ्यालेन्सिया शहरमा अवस्था भयावह रहेको बीबीसीले जनाएको छ ।

केही शवहरुसमेत फेला परेको तर आधिकारिक पुष्टि हुन बाँकी छ । पूर्वी प्रान्त अल्बासेटेमा ६ जना हराइरहेका विपद् उद्दारमा खटिएका अधिकारीहरूले बताएका छन् ।

गएरातिदेखि  राहत तथा उद्धार कार्य भइरहेको छ । सामाजिक सञ्जालमा वर्षा र बाढीसँग सम्बन्धित धेरै भिडियोहरु सार्वजनिक भएका छन् जसमा गाडी तथा घरहरु पानीमा डुबेको देखिन्छ ।

बाढीमा फसेका सयौँ मानिसहरूले रेडियो र टिभी स्टेशनलाई मद्दतको लागि फोन गरिरहेका छन् । कतिपय क्षेत्रमा आकस्मिक सेवासमेत उपलब्ध छैन । बेपत्ता व्यक्तिहरूको खोजी गर्न ड्रोनको प्रयोग भइरहेको स्पेनको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया शहरमा दोस्रो पटक उच्च सतर्कता जारी गरेको छ । त्यहाँ यसअघि नै विद्यालयहरु बन्द भइसकेका छन् भने खेलकुदका कार्यक्रम स्थगित गरिएको छ ।

यसैबीच प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल मार्फत् मानिसहरूलाई प्रशासनको सल्लाह पालना गर्न आग्रह गर्नुका साथै अनावश्यक यात्रा नगर्न आह्वान गर्नुभएको छ ।
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया