सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढी आएको छ । बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । वेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ ।
अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबैभन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको ज्यान गएको थियो । स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । पीडितले बाढी तीब्र गतिको सुनामी जस्तै रहेको प्रतिक्रिया दिएका छन् ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । राष्ट्रपति सान्चेजले नागरिकहरूलाई सतर्क रहन आग्रह गर्दै सम्पूर्ण स्पेन पीडितसँगै रोइरहेको बताउनुभएको छ । बाढीले कयौँ सडक र सहरलाई नदीमा परिणत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।