‘२.०’ मा यस्तो गेटअपका लागि निक्कै पीडा भोगेँ : अक्षय कुमार

 मंसिर १२, २०७५ बुधबार १८:११:५० | एजेन्सी
unn.prixa.net

काठमाडौं – भारतीय सिनेमाको इतिहासमै सबैभन्दा ठूलो बजेटमा निर्माण भएको सिनेमा हो ‘२.०’ । यो सिनेमामा कलाकारको गेटअप र सिनहरुमा प्रयोग भएका भीएफएक्सहरुमा निकै मोटो रकम खर्च गरिएको छ ।  

सन् २०११ को सिनेमा रोबर्टको सिक्वेल यस सिनेमामा रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । 

सिनेमामा डाक्टर रिचर्ड अर्थात नकारात्मक भूमिकामा रहेका अक्षय कुमारले हालैमात्र यस सिनेमामा काम गर्दाको अनुभव सेयर गरेका छन् । उनका अनुसार उनलाई यो भूमिका निर्वाह गर्दा निकै नै पीडा भएको थियो ।

अक्षय कुमारले यो सिनेमाको छायाकंनको लागि झण्डै ४० दिन दिए । छायाकंनका यी ४० दिन निकै नै पीडादायक भएको उनी स्वयम्ले बताएका छन् । 

भारतीय सञ्चारमाध्ययमहरुसँग कुराकानी गर्दै उनले सिनेमा  छायाकंनको अनुभव सेयर गरेका छन्  । उनका अनुसार यस सिनेमाको क्यारेक्टरका लागि उनले मेकअप गरिसकेपछि उनलाई खाना खान अनुमति थिएन । छायाकंनको समायावधिभर उनले तरल पर्दाथहरुमा मात्र चित्त बुझाउनु पर्थ्यो । 

किनभने खाना खाँदा उनको अनुहारको आकार बिग्रने डर हुन्थ्यो । अक्षयले त्यो समयमा  मिल्कशेक, जुस र पानी मात्र पिउने अनुमति पाएका थिए । 

उनलाई यो रुप धारण गर्न साढे ३ घण्टा लाग्थ्यो  भने मेकअप उतार्न  साढे २ घण्टा लाग्थ्यो । अर्को कुरा उनको यो भूमिकाका लागि प्रेस्थेटिक लगाएका थिए । जसले पुरै शरीर नै प्याक गरिएको हुन्थ्यो । यही कारण उनको शरीरमा कतैबाट पनि हावा छिर्न पाउँदैनथ्यो  जसले गर्दा उनको शरीरमा आएको पसिना पनि पुछ्न मिल्दैनथ्यो ।

यही कारण आफूले लगाएको ड्रेस खोलेपछि शरीरबाट पसिनाको निकै नराम्रो गन्ध आउने अक्षयले बताएका छन् । 

यश शंकरको निर्देशन रहेको यो सिनेमा नोभेम्बर २९ देखि प्रदर्शनमा आउँदैछ । सिनेमालाई लिका प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया