कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – तीन सय ८३ वर्षदेखि निरन्तर चल्दै आएको ललितपुरको ऐतिहासिक कात्तिक नाचको तयारी थालिएको छ । कात्र्तिक नाच पर्सिदेखि सञ्चालन हुँदैछ । यसवर्ष नाच १० दिन सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
आउँदो ३० गतेसम्म मंगलबजारको कात्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुन्छन् । विशेष गरेर कृष्ण लिलामा आधारीत नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाउने गरिन्छ ।
नाचमा दैत्य जगाउने परम्परा छ । पर्सि भक्त सुरदासको नाच देखाएर शुरु हुने कात्र्तिक नाच अन्तिम दिन ३० गते वस्त्रहरण लिलाको नाच देखाएर समापन गरिनेछ । कात्र्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार २९ गते देखाइनेछ । नेपाल सम्वत् सात सय ६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपाली तीन सय ८४ वर्ष पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।