बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

 कात्तिक १९, २०८१ सोमबार ११:७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाँके – नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ र ज ३ प ७१७१ नम्बरको मोटरसाइकल ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख घाइते भएका छन् ।

शेखको भेरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । ज्यान गुमाउने कसौधन र घाइते शेख मोटरसाइकलका चालक हुन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया