चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएकाे काबेली करिडोर १ सय ३२ केभी डबल सर्किट विद्युत् प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।
गएको असोज १२ गते शनिवार माईखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्याएको थियो । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा बिजुली जोडिएका निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनाले संयुक्त रूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी हिजो बेलुकादेखि प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् ।
काम शुरू गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले बताउनुभयो । प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले पुनः बिजुली उत्पादन शुरू गरेका छन् । आयोजनाहरूबाट असोजको १२ गतेदेखि बिजुली उत्पादन बन्द थियो ।
प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा नमूनाका रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जालगायतका सामाग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।