एमर्जिङ नेसन्स कप क्रिकेटका लागि भारतीय टिम पाकिस्तान नजाने

 मंसिर १२, २०७५ बुधबार २१:१९:४१ | एजेन्सी
unn.prixa.net

डिसेम्बरमा आयोजना हुने एमर्जिङ नेसन्स कप क्रिकेटका लागि भारतीय टिम पाकिस्तान नजाने भएको छ ।  

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्नो २३ वर्ष मुनिको क्रिकेट टिम पाकिस्तान नजाने प्रष्ट पारेको हो । पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने यस प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यू–२३ को टिम खेल्दै छ । भारतीय टिम पाकिस्तान नजाने भएपछि अब भारतले सबै खेल श्रीलंकामा मात्रै खेल्ने छ ।  

डिसेम्बर १५ मा हुने फाइनल खेल पनि  श्रीलंकामा तय भइसकेको छ । एर्मिजिङ कपको समूह ए मा भारत, श्रीलंका,  अफगानिस्तान र ओमान रहेका छन् । यसैगरी समूह बीमा पाकिस्तान, बंगलादेश, हङकङ र यूएई रहेका छन् ।

भारतले पाकिस्तानमा गएर नखेल्ने बताए पनि पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरुको सुरक्षा व्यवस्था आफूहरुले मजबुत पार्ने बताएको छ । भारत पाकिस्तानमा गएर नखेले पनि अन्य मुलुकहरुले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

सन् २००९ मा  श्रीलंकाको टिममाथि लाहोरमा आतंकवादी आक्रमण भएपछि घरेलु मैदानमा पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । अहिले पाकिस्तानको होम ग्राउण्ड यूएई हो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया