कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवम् नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ ।
नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इण्डोनेसियाले उहाँलाई विशिष्ट अवार्ड 'करका बुवाना अवार्ड' बाट सम्मान गरेको हो ।
इण्डोनेसियाको परराष्ट्र मन्त्रालयले दिएको अवार्ड इण्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भ"मिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इण्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इण्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाण्डौमा हिजो आयोजित कार्यक्रममा सम्मान हस्तान्तरण गर्नुभयो ।
यो सम्मानले नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।
यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदर स्वरूप इण्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।
ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।